Logo
१३ बैशाख २०८१, बिहीबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न जागिर, न व्यापार : तर घन्टाको १२ लाख रुपैयाँ कमाउँछिन् यी युवती

काठमाडौं : जीवनमा सफल हुनका लागि कठिन मेहनत आवश्यक हुन्छ तर स्मार्ट हुनु पनि उत्तिकै जरूरी छ । अस्ट्रेलियामा बस्ने चेल्सीले हार्ड वर्कका साथ स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् ।

उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् । चेल्सी पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो बोर लागेपछि उनले अन्लाइन भिडियो गेमबाट पैसा कमाउने आइडिया लगाइन् ।

उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् । लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो ।

इन्स्टाग्राममा चेल्सीका ४६.६ लाख फलोअर छन् । उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् । उनले गेमिङमा कमाएको पैसा जागिर खाएर कमाउन सक्दिनथिइन् । यही कमाइबाट उनी पूरा परिवारको खर्च धान्छिन् ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्