Logo
१२ बैशाख २०८१, बुधबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वर्षीया बालिका निर्मला पन्तको न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ । बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा धर्ना र दिएका हुन् ।

उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रहरी महानिरीक्षक विदामा बसेर निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने नारा लगाइरहेका छन्। साउन ११ गते बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । यसअघि निर्मलाका बुवाआमाले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकलाई भेटेर छोरीका हत्यारा पत्ता लगाउन आग्रह गरेका थिए ।

यो घटनाको अनुसन्धानमा सुरूदेखि नै प्रहरीले लापरबाही गरेको कुरा गृहमन्त्री रामबहादुर थापाले नै सार्वजनिक गरेका छन्।घटनामा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनए निर्मलाको शरीरबाट लिइएको ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनी रिहा भइसकेका छन् । एसपी विष्टसहित तीन जनाको डिएनए रिपोर्ट पनि नकारात्मक आएको छ ।

यसैबीच गृहमन्त्री थापाले घटनालाई अनावश्यक राजनीतिकरण भएको बताएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्न १२ वर्षसम्म लाग्न सक्ने बताएका छन् ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्