Logo
७ बैशाख २०८१, शुक्रबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक प्रहरीको कडाई, ‘जुत्ता नलगाए लाइसेन्स जफत’

विर्तामोड : ट्राफिक प्रहरी कार्यालय झापाले चाडवाडको बेला दुर्घटना बढ्नसक्ने भन्दै सवारी चालक तथा सवारीका मालिकहरुलाई सचेत गराउन थालेको छ । चेकजाँचमा कडाई, मापसे जाँच, ट्राफिक नियमको पालना लगायतको काम ट्राफिकले गरिरहेको भन्दै अब चालकले जुत्ता लगाए-नलगाएको पनि चेक जाँच गरिने भएको छ ।

बुधबार ट्राफिक प्रहरीले सवारी चालक तथा व्यवसायीको एक भेला नै आयोजना गरी सचेत गराएको हो । सवारी चलाउँदा जुत्ता अनिवार्य प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख प्रहरी निरीक्षक राजेश राईले आग्रह गरेका छन् । प्रमुख राईले चालक र व्यवसायीलाई चेतावनीपूर्ण तरिकाले भने, ‘जुत्ता नलगाए लाइसेन्स जफत हुन्छ, एकपटक सम्झाउछौँ अर्को पटकबाट कारवाही अभियान सुरु हुन्छ ।’

यससँगै दुर्घटना कम गर्न झापामा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । चालक र व्यवसायीलाई भेला डाकेरै यस्तो जानकारी गराइएको हो । चप्पल मात्रै लगाएर सवारी हाँकेको भेटेमा लाईसेन्स नै खारेज गर्नसक्ने वा जरिवाना गर्नसक्ने ट्राफिक प्रमुख राईले बताए ।

दसैँ तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको राईको भनाई छ । सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्