Logo
८ बैशाख २०८१, शनिबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै धनगढीमा प्रदर्शन

कञ्‍चनपुर स्थित १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा न्‍याय माग्‍दै महिला अधिकारकर्मीहरुले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञानप पत्र बुझाउन आएका अधिकारकर्मीहरुको एक समुहले केहीबेर सडकमा प्रदर्शन समेत गरेका छन् । प्रर्दशनका क्रममा उनीहरुले बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने माग गरे ।

त्यसपछि अधिकारकर्मीहरुले धनगढी स्थित मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् । यसअघि निर्मलाका निम्ति न्‍याय भन्‍दै राजधानी काठमाडौं लगायत देशैभर बलात्कारी विरुद्धको अभियान थालिएको थियो । सोही घटनालाई लिएर अझै पनि देशभर प्रर्दशन हुने गरिएको छ ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्