Logo
६ बैशाख २०८१, बिहीबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होसियार ! किड्नि फेल हुन सक्छ भुलेर पनि नगर्नुहोस यस्ता काम

किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । तर,हाम्रै लहपार्बाहीले पनि किड्नी खराब हुने गर्दछ । किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।

के कारणले किड्नी बिग्रिन्छ जानीराख्नुहोस:

१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति वेवास्ता नगर्नुहोस । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।
२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ
३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।
४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।
५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।
६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।
७ . सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।
८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।
९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।
थाहै नपाई गुम्न सक्छन् मृगौला (कारण र लक्षण)
चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।
यसबाट बच्ने उपाय
१. एक दिनमा कम्तिमा ४ देखि ६ गिलास पानी पिउनुस् । यसले गर्दा शरीरबाट टक्सिन्स बाहिर निस्किन्छ । जसले किड्नीलाई स्वस्थ रहन मद्दत गर्दछ ।
२. खानामा नुनको मात्रालाई कन्ट्रोल गर्नुहोस् । नुनमा सोडियम हुन्छ । जसले ब्लड प्रेसर बढाउने मात्र होइन, किड्नी खराब गर्न पनि भूमिका खेल्छ ।
३. डायबिटिज र ब्लड प्रेसर कन्ट्रोल गर्नुहोस् । यी दुवै समस्या किड्नीका लागि नोक्सानदायक छन् ।
४. ज्यादा मसलेदार खाना खाने बानी नगर्नुस् ।
५. चुरोट, रक्सी या अन्य सूर्तीजन्य पदार्थको सेवनमा कन्ट्रोल गर्नुहोस् । यस्ता पदार्थहरुले शरीरमा टक्सिन्सको मात्रा बढाउन र किड्नी खराब गर्न भूमिका खेल्छ ।किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । तर,हाम्रै लहपार्बाहीले पनि किड्नी खराब हुने गर्दछ । किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्