Logo
१५ चैत्र २०८०, बिहीबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका कार्यालयमा स्थानीयद्धारा तालाबन्दी

रुकुम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अब गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताए ।

लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ । गाउँपालिकाले हिजो भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।

तर स्थानीयले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुने अडान लिँदै गाउँपालिका कार्यालयमै तालाबन्दी गरेका हुन् । वडा नं २ कै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयवासीको भनाइ छ । रासस

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्