Logo
|| October 2, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो कुखुरा जुन घाँटी काटेपछि पनि डेढ वर्ष बाँच्यो

विश्वमा केही घटनाहरु यस्ता हुन्छन्, जुन पत्याउन निकै गाह्रो हुन्छ । त्यस्तै एक घटना अमेरिकाको मिसिगनमा रहेको भेन भन्ने स्थानमा घटेको छ ।

अमेरिकाको यो क्षेत्रमा मानिसहरु कुखुराको मासु खान निकै मन पराउँछन्, यसै सिलसिलामा एक कुखुरा मालिकले पनि आफ्नो कुखुरा काट्ने सोच बनाए । उनले धारिलो हतियारले कुखुराको टाउको काटे तर टाउको काटेपछि पनि कुखुरा जीउँदो नै रह्यो ।त्यसपछि मालिकले यो कुखुरालाई राम्रोसँग हेर्दा गलत तरिकाबाट टाउको काटिएको पाए । कुखुराको टाउको काटेपछि पनि दिमागमा जाने एक नसा र खानेपिउने अर्को नसा भने काटिएको थिएन ।

यो घटना भएपछि मालिकले बचेको नसाबाट कुखुरालाई दूध र पानी खुवाउन थाले र यसको परीक्षणको लागि उथाह विश्वविद्यालयमा लगियो ।यो कुखुरा उक्त अवस्थामा १८ महिनासम्म जिउँदो रह्यो । यो कुखुराले मालिकलाई चर्चित मात्र बनाएन, उनले मासिक ४५ सय सम्मको आम्दानी पनि गर्न थालेका थिए ।

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार १३:५१

प्रतिक्रिया दिनुहोस्