Logo
६ बैशाख २०८१, बिहीबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्ता पुरुषसंग यौन संबन्धका लागि मरिमेट्छन महिलाहरु ?

सुखमय वैवाहिक जीवनमा सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । तर, अधिकांश मानिस सेक्सलाई मात्र शरीरको भोक मान्छन् र उनीहरुको सेक्स लाइफ बिस्तारै बिग्रदै जान्छ । यसका साथै उनीहरूको वैवाहिक जीवनमा पनि कटुता आउन थाल्छ ।सेक्सका दौरान फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ । फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र संबन्धमा पनि प्रगाढता आउछ ।

सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी संबन्ध भावनात्मक हुन्छ । सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाईपूर्ण रुपमा आनन्द उठाउनुपर्छ । यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ । हतारमा शरीरको आवश्यकता पूरा गर्ने हिसाबले केही मिनेटमै स्खलित भएर विपरित दिशामा सुत्ने बानीले पत्नीमा सेक्सप्रति अरुची पैदा हुन सक्छ । त्यसैले सेक्सको भरपूर आनन्द उठाउन फोरप्ले आवश्यक हुन्छ ।

नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट फाइदा हुने फोरप्लेबाट दुवैजनाको सेक्सग्रन्थी खुलेर पूर्ण रुपमा क्रियाशिल हुन्छ । अधिकांश पुरुष फोटो देख्दामात्र, स्पर्शमात्र गर्दा या कल्पनामात्र गर्दा पनि उत्तेजित हुन्छन् । अर्थात् चाँडैनै उत्तेजित हुन्छन् । तर, महिलाहरु यसरी चाँडै उत्तेजित हुँदैंनन् । उनीहरुलाई उत्तेजित गर्न सही वातावरण, समय र कामक्रिडाको जरुरत हुन्छ ।

महिलालाई उत्तेजित गर्न फोरप्ले जरुरी पर्छ । फोरप्लेमार्फत् महिलाको यौनांग (स्तन, योनि) या शरीरलाई छोएर, चलाएर वा चुम्बन गरेर महिलामा सेक्सको चेतना भरपूर मात्रामा जागृत गर्न सकिन्छ । जो पुरुष सेक्सका दौरान फोरप्ले गर्छन्, महिलाहरु उनीहरुलाई आफ्नो आलिंगनबाट बाहिर जान दिदैंनन् । पुरुषले चाहने हो भने महिलालाई फोरप्लेमार्फत् नै चरम उत्तेजना दिन सक्छ ।

सेक्सपछि अर्कोपट्टि फर्केर सुत्ने पुरुषलाई महिलाहरु मन पराउदैंनन् । सेक्सपछि पनि महिलाहरु पुरुषको साथ र सामिप्य चाहन्छन् । महिलाको सेक्स चेतना निकै भावनात्मक र गहिरो हुन्छ । महिलाहरु चाहन्छन् कि, सेक्सपछि पनि उनीहरुका पुरुष साथी सदा आफूहरुको साथ होउन् । यसबाट उनीहरुलाई चरम सन्तुष्टि मिल्छ ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्