Logo
१२ बैशाख २०८१, बुधबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोस्टारिकाको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली, सम्मानमा रात्रिभोज

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुहुँदै ।
कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले शनिबार आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधि मण्डल ।

रात्रिभोजमा प्रधामन्त्री ओली :

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुभएका छन् । प्रधानमन्त्रीलाई हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँका उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गर्नुभएका छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गरेको रात्रिभोजमा संलग्न रहेका छन । उनको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको पनि सहभागिता थियोे ।

त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले प्रधानमन्त्रीको स्वागत गरेको जनाईएको छ भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गरेका थिए प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी रहेको खवरहरुमा जनाईएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन ।

प्रधानमन्त्री कोस्टारिकाको सान होजेतर्फ
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका छन ।

प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले सान होजेमै शान्ति विश्वविद्यालय युनिभर्सिटी फर पिस लाई सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुभएपछि हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गर्नुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुभएपछि हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत पछि नेपाली प्रतिनिधिमण्डललगायत सामुहिक तस्बिर खिचाउनुहुँदै । तस्बिर: सुरेन्द्रबहादुर नेपाली
प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुभएपछि हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारसँग छलफल गर्नुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली

 

 

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्