Logo
१५ चैत्र २०८०, बिहीबार
(September 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वर्षीया बालिका निर्मला हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै धर्ना

धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डबारे उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरको धर्ना सुरु गरिएको छ ।

प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको उनको आरोप छ । प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेसम्म धर्ना जारी रहने उनीहरुले बताएका छन् ।

मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरिएको हो ।

निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताईन् । गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरी तयार पारि गृहमन्त्री राम बहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: Sep 29, 2018

प्रतिक्रिया दिनुहोस्