Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश बिकासको लागी पृथ्वीसुब्बा गुरुङको चिन भ्रमण फलदाई

मैत्रीपुर्ण निमन्त्रणामा हाइनान आइपुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र हाइनान प्रान्तको गभर्नर बिच भेटघाट भएको छ। भेटमा प्रदेशको बिकासको सम्भावना, योजना,लगानी र सहयोग क्षेत्रका बारेमा छलफल भयो।

गण्डकी प्रदेशको निति र योजना अनुरुप प्राविधिक तथा ब्बसायिक शिक्षा र तालिम, नागरिक उडियन, पर्यटन ,पुर्बाधार विकास आदिमा लगनी गर्न र दुई पक्षिय सहयोग गर्न हाइनान प्रान्तको गभर्नर सकारात्मक भए ।यसैबर्ष पोखरामा सन्चालन हुने लगानी सम्मेलन सहभागी हुन हाइनानका लगनीकर्ताहरु लाई गुरुङले आवन गरे । गण्डकी प्रदेश पर्यटनको दिष्टिले बिश्वको उत्कृष्ट रहेको र लगानी गरि फाइदा लिन अनुरोध गरे।

यसै क्रममा हाइनान प्रान्तको गभर्नरले गण्डकी प्रदेशको पार्थमिक्ता क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता बेक्त गर्दै आगामी दिनमा समन्द समदुर पार्दै लैजाने बताए।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्