Logo
७ बैशाख २०८१, शुक्रबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानीका लागि ‘गोदावरी’ पारित

धनगढी : राजधानीको विषयलाई लिएर आन्दोलन चलिरहेकै बेला सात महिनापछि अन्ततः प्रदेश सातले स्थायी राजधानी र नाम पाएको छ । शुक्रबारको प्रदेशसभा बैठकको दुई तिहाइले प्रदेश सातको नाम “सुदूरपश्चिम’ प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित तेघरी क्षेत्र राख्ने विषय पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले संसद बहिस्कार गरेपछि सत्तारुढ दलका सांसदहरू मात्रै मदतान प्रक्रियामा सहभागी भएका थिए ।

सभामुखसहित ५३ जना प्रदेशसभा सदस्य रहेकामा सुदूरपश्चिम प्रदेश नाम र स्थायी राजधानीको तेघरीमा हुनु पर्नेमा ३८ जना प्रदेशसभा सदस्यको मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो ।

५३ सदस्यीय यो प्रदेशमा नेकपाका ३९ जना, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सांसद रहेका छन्। शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठक प्रतिपक्षीको विरोधको कारण दुई घण्टा स्थागित गरिएको थियो ।

पुनः सञ्चालन भएको बैठकमा पनि प्रतिपक्षीले बहिष्कार गरेपछि सत्ता पक्षका प्रदेशसभा सदस्यहरू मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्