Logo
१३ बैशाख २०८१, बिहीबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त राष्ट्र संघको भवन अगाडी प्रधानमन्त्री ओली विरुद्ध नारावाजी

न्युर्योक : प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूले कालो झण्डा देखाउँदै उनी विरुद्ध नारावाजी गरेका छन् ।संयुक्त राष्ट्र संघको ७३औं महासभामा प्रधानमन्त्री ओलीले भित्र सम्बोधन गर्दै गर्दा संघ भवन बाहिर नेपालीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै कम्युनिस्ट सरकारले शान्ति स्थापना गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरेको जनाएको छन् ।  ओलीविरुद्ध प्रदर्शनमा उत्रिएका नेपालीहरूले शरीरमा कालो कपडा बेरेर प्रदर्शन गरेका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौं’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

नेपालमा बढ्दै गएको बलात्कार, हत्या र हिंसाविरुद्ध नेपालीहरूले ओलीलाई सचेत गराउन प्रदर्शन गरेको जनाएका छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले आफ्ना विरुद्ध अमेरिकामा प्रदर्शन हुन्छ भनेर नसोँचेका बेला नेपालीहरूले राष्ट्रसंघको भवन अगाडि प्रदर्शन गरेर झट्का दिएका छन् ।

 

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्