Logo
६ बैशाख २०८१, बिहीबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिकाका मेयरले लेखापाललाई झापड हिर्काएपछि…!

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले लेखापालमाथि हातपात गरेका छन् । बुधबार नगरपालिका कार्यालयमै मेयर साहले लेखापाल पवन अधिकारीलाई झापडले हिर्काएका हुन् । आफुमाथि कार्यालयमै हरहिँसावको विषयमा समान्य विवाद हुँदा मेयर साहले झापडले हिर्काएको पीडित लेखापाल अधिकारीले दुखेसो पोख्नुभयो ।

उहाँले गुनासो गर्दै भन्नुभयो ‘ म माथि मेयर साहले हातपात र दुरव्यवहार गरेको कुरा महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी गराएको छ । र अव मेयर साहको कार्वाहीको लागि प्रशासनमा लिखित निवेदन दिएर अघि बढ्छु ।’ लेखापाल अधिकारीले मेयर साह यस अघि पनि एक कर्मचारीलाई कुटपीट गरेको र दवंग शैलीको रहेको आरोप लगाउनुभयो ।

यता मेयर साहले लेखापाल अधिकारीसंग गत आर्थिक वर्ष २०७४।०७५ को हरहिँसाब माग गर्दा उल्टै धम्काएपछि एक झापड हिर्काएको स्वीकार गर्नुभएको छ । ‘ पटक पटक हरहिँसाब मागे । तर दिएन । गत साउन ११ गते मैले निवेदन समेत दिए । तर कुनै वास्ताम गरेन । आलटाल गर्दै आएका छन् ।’ मेयर साहले भन्नुभयो ‘ बुधबार यसै विषयमा कुरा गर्दा लेखापाल अधिकारीले तपाईलाई जे गर्नु छ गर्नुस् , म हिँसाव दिन्न भनेपछि मैले आवेशमा एक झापड हिर्काए । ’

मेयर साहले लेखापाल अधिकारीको काम कार्वाही ठीक नभएको र मेयर लगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाउनुभयो । आफु यस अघि कुनै कर्मचारीमाथि हातपात नगरेको समेत मेयर साहको दावी छ ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्