Logo
१३ बैशाख २०८१, बिहीबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुहाउँदा खेरि के सोच्ने गर्छन् केटीहरू ?

केटीहरूको व्यवहार र सोचबारे विभिन्न कुराहरूको कल्पना गर्दछन् । तर के केटीहरू पनि एकलाई हुँदा यस्तै खालका कल्पनामा डुब्ने गर्दछन् त ? आखिर एक्लै हुँदा केटीहरू कस्ता कल्पनामा रमाउने गर्दछन् । व्यवहार अध्ययन गर्ने मनोविदहरूले महिलाहरूका अन्तरंगी विचारहरूबारे गरिएको अध्ययनले रोचक तथ्य सार्वजनिक गरेको छ ।

उक्त अध्ययनले केटीहरू एक्लै हुँदा उनका मनमा कस्ता विचार आउँछन् र उनीहरूको मनमा केटाहरूको बारेमा या आफ्नो शरीरको बारेमा केकस्ता विचार आउने गर्दछन् भन्नेबारे गरिएको अध्ययनबाट उनीहरूले नुहाउँदा धेरै कल्पना गर्ने भएकाले अक्सर केटीहरूले बाथरूममा समय लगाउने गरेको तथ्य खुल्न आएको छ ।

अध्ययनले धेरै जसो केटीहरू बाथरूमभित्र आफैँसँग छिल्लिने गरेको तथ्य सार्वजनिक गरेको छ । विशेष गरेर स्नान गर्दाको समय उनीहरू आफू केन्द्रित हुने गरेकाले यस्ता विचारहरू आउने गरेका बताइएको छ ।

यस्तो बेला केटीहरूले ‘केटाहरू मेरो बारेमा के सोच्छन्?” “मेरो फिगर आकर्षक छ या छैन?’ ‘म सुन्दर छु या छैन?’ जस्ता कुराहरू सोच्ने गर्दछन् । उक्त अध्ययनबाट सार्वजनिक केही तथ्य यता रहेका छन्:

१. सम्बन्धको चिन्ता:

केटीहरू अक्सर सम्बन्धबारे चिन्तित रहन्छन् । उनीहरू सधैं दिगो सम्बन्धको खोजीमा हुन्छन् । त्यसैले उनीहरू अक्सर ‘हाम्रो सम्बन्ध कत्तिको टिकाउ हुनेछ ?’ ‘के हामी सधैं यस्तै गरेर खुसी रहन सकौंला ?’ आदि सोचमा हराउने गर्दछन् ।

२. कपालबारे चिन्ता:

केटीहरू आफ्नो कपालबारे पनि चिन्ता गर्ने गर्दछन् । नुहाउँदा केही कपाल झर्नु सामान्य कुरा हो तर केटीहरू भने यसबारे केही बढी नै गम्भीर भइदिने गर्दछन् । त्यति मात्र होइन उनीहरू नुहाउँदा विभिन्न हेयरस्टाइल कस्तो लाग्दो रहेछ भनेर ऐनामा समेत हेर्ने गर्दछन् ।

३. मोटी भएँ कि? भन्ने डर

नुहाउँदा केटीहरू चिन्तित हुने अर्को विषय हो मोटोपना । अक्सर केटीहरू बाथरूमभित्र आफ्नो नग्न शरीर हेरेर आफ्नो फिगरबारे चिन्तित हुने गर्दछिन् । उनलाई त्यसबेला आफू मोटी भएको र अब शारीरिक व्यायाम थाल्नुपर्ने लाग्ने गर्दछ ।

४. प्रेमीको बारेमा सोच्नु:

केटीहरूले बाथरूममा आफ्नो प्रेमीको कल्पना समेत गर्ने गरेको बुझिएको छ । त्युअती मात्र होइन प्रेमी भएका केटीहरू आफ्नो प्रेमीबारे सोचेर लजाउने उसले गरेका प्रशंसाहरू सोचेर खुसी समेत गरेको थाहा हुन आएको छ ।

५. समयबारे चिन्ता:

केटीहरूले नुहाउँदा आफ्नो फिगर, सुन्दरताबारे त चिन्तित हुन्छन नै त्यसका साथै उनीहरूलाई आफूले नुहाउँदा धेरै समय लगाएको र मानिसहरूले के भन्लान् भनेर समेत चिन्तित हुने गर्दछन् ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्