Logo
७ बैशाख २०८१, शुक्रबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिकालाई बलात्कारपछि ढुँगाले हानेर हत्या गर्ने आरोपी सार्वजनिक

पोखरा : १० वर्षिया वालिका श्रीया विकको वलात्कारपछि हत्यामा संलग्न आरोपी कुसुम पौडेललाई कास्की प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पोखरा महानगर २२ कोदीका २७ वर्षीय कुसुम पौडेलले बालिकालाई सोमवार साँझ कास्की पुम्दीभुम्दीकी वालिकालाई वलात्कार गरी ढुँगाले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

घटनाक्रम अनुसार कास्की, पोखरा (२२, छहरा, कोदी, बस्ने श्री लिला आधारभूत नि.मा.विद्यालय कक्षा ३ मा अध्ययनरत वर्ष १० की श्रीया वि.क. (सुनार) सोहि ठाउँ स्थित मामा कृण्ण सुनारको घरमा बस्दै आएकी थिइन् । असोज ८ गते सोमबार बेलुका साढे पाँच बजेको समयमा विस्कुट किन्न भनी पसल गएको त्यस पछि उनी फर्केर नआए पछि उनको खोज तलास गर्ने क्रममा कोदी स्थित बरालहरुको कुल मन्दिरको पुर्व तर्फ भिरालो जंगलमा मंगलबार साढे नौ बजेको समयमा श्रीया वि.क.को कर्तव्य गरि मारेको अवस्थामा शव फेला परेको थियो ।

घटनाको प्रकृति पश्चात जिप्रका कास्कीबाट प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामबाट प्रनाउ नविन कार्किको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरि खोजतलास गर्ने क्रममा घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

कसरी घट्यो घटना

अपराधमा संलग्न रहेका पोखरा महानगरपालिका २२ कोदिका लेवर काम गर्दै आएका २७ वर्षीय कुसुम पौडेल हुन्। सोमबार साँझ डाडाँमा उदय केसिको घरमा अन्य केहि साथि सहित पौडल रक्सिको नशामा थिए । पौडेलले चुरोट किन्न भनि रक्सी नशामा एक्लै तल झर्दै गरेका थिए । सोही समयमा श्रीया विक (सुनार) पनि मामाको घरबाट एक्लै तल झर्दै गरेको पौडेलले देखे ।

मामाको घरबाट अन्दाजी ६०/७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर रहेको स्थानमा निज कुसुम पौडेलले श्रीया विक (सुनार) लाई भेटी पाँचको चकलेट खाऊ भनि दिएको र त्यहाबाट करिव १० मिटर तल एउटा पुरानो घर र पानी ट्याङकी बिचमा बोलाई पुन थप रु १० देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्न खोजेपछि पानी ट्याङकी मुनि रहेको झाडीमा धकेलिदिएको आरोपी पौडेलले प्रहरी समक्ष बयान दिएका छन् ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्