Logo
१२ बैशाख २०८१, बुधबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण उर्थु-लासी सडकखण्ड तीन महिनादेखि अवरुद्ध

जुम्ला : अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महिनादेखि अवरुद्ध बनेको छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्मका विभिन्न स्थानमा खसेको पहिरोले सडक भत्काएपछि सवारी आवागमन ठप्प भएको छ ।

सडक अवरुद्ध हुँदा पैदल हिँड्नसमेत असुविधा भएको गुनासो सर्वसाधारणले गरेका छन् । सडकमा खसेको पहिरोले जनजीवन प्रभावित भए पनि मर्मतमा सरोकारवालाले चासो नदेखाएको पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले गुनासो गरे । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।

 

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्