Logo
६ बैशाख २०८१, बिहीबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व परिवेशमा नेपालकाे आर्थिक स्वतन्त्रता सुधाराेन्मुख : गतवर्षभन्दा पाँचस्थान माथि उक्लियाे

काठमाडौ :  नेपालको आर्थिक स्वतन्त्रताको अवस्था विश्व परिवेशमा सुधार आएको छ । १६२ राष्ट्रहरु समेटेर गरिएको अध्ययनमा नेपाल १०२ औ स्थानमा पुगेको हो ।

समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेजर इन्स्टिच्युटसँगकाे सहप्रकाशनमा आज सार्वजनिक गरेको विवरणमा विश्वका स्वतन्त्र नीति प्रतिष्ठानहरुको छाता संगठन इकोनोमिक फ्रिडम नेटवर्कले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल गतवर्षभन्दा ५ स्थानमाथि उक्लिएको छ ।

यसअघि १५९ देशमा नेपाल १०७औ स्थानमा थियो । नेपालले यस वर्ष १० पूर्णांकमा ६.५३ अंक पाएको छ । १ देखि १० सम्मको क्रममा अधिकतम अंकको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता हुन्छ । अध्यनमा प्रत्येक मुलुकको ५ मुख्य पक्षमा विश्लेषणा गरिएको थियो । तीमध्ये नेपालको सरकारको आकार शिर्षकमा गत वर्षको अंक ८.१ बाट झरेर यस वर्ष ७.९ पाएको छ भने न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षामा यस वर्ष ४.६ अंक पाएको छ जुन गत वर्ष ४.५ थियो ।

त्यस्तै स्वस्थ मुद्रा माथिको पहुँचमा ६.४, अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा ६.६ र कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थामा यस वर्ष ७.१ अंक पाएको छ। गत वर्ष यो अंक ६.७, थियो । प्रतिवेदनअनुसार विश्वभरमा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका तीन उत्कृष्ट राष्ट्रमा क्रमश हंगकंग, सिंगापुर र न्युजिल्यान्ड छन् । त्यसपछि स्विजरल्याण्ड, आयरल्याण्ड, संयुक्त राज्य अमेरिका, जर्जिया, मरिसियस, संयुक्त अधिराज्य, अष्ट्रेलिया र क्यानडा छन् ।

रिपोर्टमा जर्मनी २०औं, जापान४१औ, फ्रान्स ५७औं, रसिया ८७ औं, भारत ९६औं र चीन १०८औं स्थानमा छन् । प्रतिवेदन अनुसार सबैभन्दा कमजोरमा सुडान, गिनी–बिसाउ, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, रिपब्लिक अफ कंगो, सिरिया, अल्जेरिया, अर्जेन्टिना, लिब्या र भेनेजुएला अन्तिम १० स्थानमा छन् ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्