Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार मंगलबार उच्च अंकले बढ्दा कारोबार रकम १ अर्ब माथि

काठमाडौं -केही साता यता सुधारउन्मुख रहेको शेयर बजार मंगलबार उच्च अंकले बढ्दा कारोबार रकम समेत एक अर्ब नाघेको छ । अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको बजारमा सूचकसँगै कारोबार रकम समेत अर्ब नाघ्दा लगानीकर्तामा उत्साह जागेको छ ।

विस्तारै बढेको बजारमा लगानीकर्ताको आर्कषण वाणिज्य बैंकहरुमा देखिएको छ भने यसै समूहको उच्च कारोबार समेत भएको छ । अहिलेसम्म गतबर्षको लाभांश घोषणा नगरेका वाणिज्य बैंकहरुप्रति लगानीकर्ताको ध्यान खिचिएको छ ।

लगानीकर्ताले बैंकहरुले दिने प्रतिफल र आगामी दिनमा गर्न सक्ने प्रगतिको आँकलन गरेर लगानी गरेको विश्लेषण गरिएको छ । साथै ठूला र संस्थागत लगानीकर्ताले समेत बजारमा विस्तारै लगानी बढाउन थालेपछि कारोबारमा उच्च सुधार आएको हो ।

नेप्से सूचक मंगलबार २२.३७ अंकले बढेर १२८०.०५ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १.७८% ले वृद्धि भएको हो । १७३ कम्पनीको १ अर्ब १२ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ४४ लाख १७ हजार २३० कित्ता सेयर खरिदबिक्री भएका छन् । 
 

नेप्सेमा कारोबार भएका ११ वटा समूहमध्ये १० वटा समूह बढेका छन् । अन्य समूहमात्र ओरालो लागेको छ । वाणिज्य बैंक समूह २९.५२ अंकले बढेको छ । कारोबार रकममा प्रभु बैंक अग्रस्थानमा आइपुगेको छ । प्रभुको ८ करोड ५१ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् । 

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्