Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश फिर्ता

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश र्फकिएका छन् । घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर आज उनी स्वदेश र्फकिएका हुन् ।

असोज ३ गते उनी घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत जाएका थिए । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सम्मेलन यही असोज ४ र ५ गते भएको थियो ।

सम्मेलनमा नेता नेपालले ‘बदलिंदो विश्व परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलन’ तथा ‘साम्राज्यवादका नकारात्मक’ असरबारे बोलेका थिए ।नेता नेपाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्