Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभामा शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि छलफलका क्रममा उठेका जिज्ञासामा गृहमन्त्री थापाले विश्वविद्यालयले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सांसद खगराज अधिकारी, प्रेस सुवाल, पुष्पा भुसाल, नवराज सिलवाल, देवप्रसाद गुरुङ, राधाकुमारी ज्ञवाली, सरिता गिरी, अञ्जना विशङ्खे, सत्या पहाडीलगायतले सरकारले सो प्रस्ताव ल्याएर राम्रो काम गरेको बताएका थिए । बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कावा प्रधानमन्त्रीम ईश्वर पोखरेल लाई तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । सदनमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘राहदानी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरेका छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १० गते अपराह्न २ बजे बस्नेछ ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्