Logo
१२ बैशाख २०८१, बुधबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुट भूकम्प पीडितलाई छिटो अनुदान दिन माग

मेलम्ची : सिन्धुपाल्चोकका भूकम्प अनुदानमा छुट भएका पीडितलाई छिटो अनुदान उपलब्ध गराउनुपर्ने माग गर्दै छुट भूकम्पपीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

विभिन्न कारणले छुट भएका पीडितलाई अनुदान उपलब्ध गराउन माग गर्दै राप्रपा(प्रजातान्त्रिक) निकटकाहरुले समिति स्थापना गरेका हुन् । सङ्घर्ष समितिका तर्फबाट आज जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायत भूकम्पसँग सम्बन्धित सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाइएको समितिका संयोजक कुमारी लामााले जानकारी दिए।

विभिन्न कारणले छुट भएका वास्तविक भूकम्पपीडितलाई सरकारी नियम र प्रक्रिया पूरा गरी पुनः सर्भेक्षणमार्फत अनुदान उपलब्ध गराउन समितिले माग गरेको छ । सिन्धुपाल्चोकमा २३ हजार लाभग्राहीले आफूहरु अनुदान प्रक्रियामा छ्ट भएको भन्दै पुनःनिर्माण प्राधिकरणमा उजुरी दर्ता गराएका छन् । तीमध्ये हालसम्म १० हजारको मात्रै गुनासो सम्बोधन भएको छ ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्