Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पप्पु कन्सट्रक्सनका प्रमुख रौनियारका नाममा पक्राउ पुर्जी जारी

काठमाण्डौ : निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियार पक्राउ पर्ने भएका भएका छन् । जिल्ला अदालत रौतहटले रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको हो । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ । जिल्ला प्रहरीले उनलाई पटक पटक सम्पर्क गरि हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो। तर बेवास्ता गरे पछि जिल्ला अदालतबाट आदेश लिएर अध्यक्ष रौनियार माथि पक्राउ पुर्जी जारी गरेको हो ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन ।

२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो । पछिल्लो पप्पुको बदमासी दिनप्रतिदिन सार्वजनिक हुन थालका छन् ।

अन्य धरै भौतिक संरचना निर्माणको ठेक्का लिने त समयमा काम नसक्ने गरेपछि पप्पुको कर्तुत सार्जजनिक हुन थालेका हुन् ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्