Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेसका महेश दाहाल कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौँ : नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन् ।

अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उनलाई उचित जिम्मेवारी दिइने बताए । मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उनले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नवप्रवेशी दाहाल लायन्स क्लब अफ इन्टरनेशनलका प्रशिक्षक पनि छन् । दाहालसहित अन्य नवप्रपवेशीलाई पनि पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्