Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकिकरणको प्रक्रिया छिट्टै टुङ्गिन्छ : भीम रावल

कैलाली : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले जिल्ला र स्थानीयस्तरको पार्टी एकता प्रक्रिया छिट्टै पूरा हुने बताएका छन् ।

सनेमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले जिल्ला समितिको नाम सिफारिस गर्दा करीब करीब अन्तिम बनाएर पठाएको हुनाले प्रदेश नं ७ मा जिल्ला र स्थानीयस्तरको एकता प्रक्रिया छिट्टै टुङ्गिने बताए । उनले सङ्घीयता नयाँ प्रयोग भएकाले सरकारलाई काम गर्न समस्या भएको बताए । नेता रावलले प्रदेश सरकारले संरचना बनाउने, कानून बनाउने र प्रयोग गर्दै जानुपर्ने स्थितिमा उनीहरुको काममा आलोचना गरिहाल्नुपर्ने स्थिति नरहेको समेत स्पष्ट पारेका छन् ।

निर्मला पन्त बलात्कार तथा हत्याको घटनाका दोषी पत्ता लगाइ कारवाही गर्न पार्टीले सरकार र प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताउँदै दोषीलाई कारवाही हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेता लेखराज भट्टले आफूले पार्टीको कुनै जिम्मेवारी नपाएकोमा आफ्नो कुनै गुनासो नरहेको बताए । उनले पार्टीले पद तथा जिम्मेवारी बाँडफाँडमा कुनै पक्षपात नभएको समेत स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्