Logo
१२ बैशाख २०८१, बुधबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिन्छ : पूर्वस्वास्थ्यमन्त्री थापा

पाल्पा : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् ।

उनले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले सरकारको विरोध र सहयोग गर्ने स्पष्ट गरेका छन् । नेपाल प्रेस युनियन पाल्पाद्वारा सोमबार बिहान तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सरकारले समयभित्र कानून बनाउने विषयमा नेपाली काङ्ग्रेसले मद्दत गर्ने बताए ।

यसैबीच प्रेस युनियन पाल्पाका नवनिर्वाचित पदाधिकारीले पदस्थापना गरेका छन् । युनियनका पदाधिकारीलाई पूर्वमन्त्री थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्