Logo
१५ चैत्र २०८०, बिहीबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदीप र जसिताको चलचित्र लव स्टेशनको शुभ मुहुर्त पशुपति मन्दिरमा

काठमाडौँ  : अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेशन’को शुभ मुहुर्त गरिएको छ । सिनेमाको सोमबार विहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो ।

सिनेमाको छायांकन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट हुनेछ। यसको लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन् ।

उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लव स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुनेछ । ५० दिनको छायंकन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ ।

५० दिनको सेड्यूलमा छायांकन हुन लागेको चलचित्रलाई दार्जलिङ, कालिङपोङ, सिक्किम लगायतका स्थानमा खिचिनेछ । नायक प्रदिप खड्काले जसितासँगको जोडी र कथावस्तुका कारण आफू उत्साहित रहेको सुनाए ।

आलोक शुक्लाको छायांकन रहने यो चलचित्रमा लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ  ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्