Logo
१३ बैशाख २०८१, बिहीबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त गठबन्धनको कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गयो

दमास्कस : सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ ।

मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्समा अनुसार अमेरिकाआवद्ध हवाई कारबाहीमा गत चार वर्षयता १२ हजार सर्वसाधारणको ज्यान गएको छ । बेलायतआवद्ध यस मानव अधिकारवादी संस्थाका अनुसार मारिएकामा एकसय ६९ जना संयुक्त गठबन्धन र सिरियाली सेनासमेत रहेका छन् ।

अमेरिकाआवद्ध यस संयुक्त सेनाले सिरियाली आतङ्ककारी लक्षित गरेको आक्रमणमा परी यी सर्वसाधारणहरु मारिएका हुन् । आइएसको बलियो प्रभाव रहेको देशको पूर्वी भागमा तेलको धनी प्रान्त देइर अल जोउरमा जारी युद्धमा हाल अमेरिकाआवद्ध संयुक्त सेनालाई कुर्दिसआवद्ध ‘सिरियन डेमोक्र्याटिक फोर्सेस’को समर्थन रहेको छ ।

संयुक्त सेनाले गरेको कारबाहीमा बारम्बार सर्वसाधारणको ज्यान गएपछि सिरिया सरकारले संयुक्त गठबन्धनलाई सिरियाबाट आफ्नो कारबाही रोक्न राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्