Logo
१५ चैत्र २०८०, बिहीबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न केसीको माग

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । सोमबार काठमाडौँमा आयोजित नागरिकता विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्रसहित नागरिकतासम्बन्धि विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारलाई दवाव दिए ।

अध्यक्ष केसीले शक्तिशाली नागरिकता छानबिन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे ।

अध्यक्ष केसीले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरुलाई समेत प्रयोग गर्न सक्ने आशंका पनि व्यक्त गरे । राष्ट्रलाई जोगाउन पनि अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न ढिलाई गर्न नहुने अध्यक्ष केसीको भनाई छ । अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन अनेक दबाब दिने काम गरिरहेको दाबी पनि गरे।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्