Logo
७ बैशाख २०८१, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट बिनियोजनमा मनोमानी गरेको भन्दै नगरपालिका घेराउ

पथरी : बजेट बिनियोजनमा नगरपालिकाले मनोमानी गरेको भन्दै जनताले नगरसभा भएकै बेला पथरी शनिस्चरे नगर घेराउ गरेका छन । ६ गते शनिवार नगर सभा चलिरहेकै बेला १० नं. का वडाध्यक्ष सागर राई सहितको टोलीले बजेटमा पारर्दसी नभएको भन्दै नगर प्रमुख दिलिप कुमार राईलाई नगर सभा सकेर घर फर्कदा कार्यलयमै बाटो छेकेका थिए ।

नगरसभाले नगर भित्रका ३ ओटा मुख्य बाटाको लागि ३ करोड ७५ लाख छुटाउने निर्णय गरेको थियो । तर कुन कुन बाटामा भन्ने निर्णय नभैकन बजेट बिनियोजन गरेको भन्दै छ । सो तिन वटा बाटो मध्ये वडा नं. १० पर्ने तर १० लाई उपेछ्या गर्दै मनोमानी ढंगले आफ्नो मातहतका बाटोहरुमा छुटाएको भन्दै वडा नं. १० ले कार्यलय घेराउ गरेका छन ।

वडा अध्यक्ष संग आएका स्थानिय र नगर प्रमुख राई संग निकै लामो बिबाद भए पछि आईतबार छलफल हुने सर्तमा बिबाद सकिएको थियो । नगरले मात्र ३ करोड ५० लाख रुपयाँको बजेट बाटोमा लगाउने विषयमा माईनेट गरेको छ । तर उक्त पैसा कुन कुन बाटोमा हो भन्ने नखुलाई भित्र भितकै मिलेमहत्वमा भएको वडा नं. १० का वडा अध्यक्ष रागर राईले बताए ।

नगरले विनियोज गरेको बजेट कहिले र कुनकुन र्सिसकमा भएको छ त्यसको निर्णयको माईनेट देखाउनु भन्दै नगर प्रमुखलाई प्रश्न र्तेसाएका थिए । नगरपालिकाको मापदण्ड अनुसार प्रकृया पुराएर आउदा पनि नगर प्रमुखले आलेटमले गर्ने गरेमो स्थानियको आरोप छ ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्