Logo
११ बैशाख २०८१, मंगलबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीले सुरु गरे ‘आयुष्मान भारत’ योजना : ५० करोडभन्दा बढी नागरिक लावान्भित हुने

एजेन्सी : भारत स्थित  प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आयुष्मान भारत’ नामक स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले गरिब र समाजका वञ्चित वर्गमा स्वास्थ्य उपचार पु¥याउन उद्देश्यले आइतबार कार्यक्रम सुरु गरेका हुन् ।

योजनामा गम्भीर प्रकृतिका रोगसहित एक हजार तीन सय प्रकारका रोगको उपचार हुने र पाँच लाख रुपैयाँ बिरामीको जाँच, औषधि र अस्पतालमा लागेको खर्च व्यहोरिने बताइएको छ ।

योजनामा प्रति परिवारले पाँच लाख बराबरको स्वास्थ्य उपचार खर्च पाउनेछन् । सरकारले योजनाबाट दश करोड परिवारका ५० करोडभन्दा बढी नागरिक लावान्भित हुने दाबी गरेको छ ।

आलोचकहरुले भने प्रधानमन्त्री ओलीले देशलाई नै बेबकुफ बनाएको भन्दै टिप्पणी गरेका छन् । प्राथामिक उपचारको समेत सुविधा नभएको ठाउँमा यस्तो बिमा कार्यक्रम प्रभावकारी नहुने र निजी अस्पतालले फाइदा लिने आलोकहरुको दाबी छ ।

घोषणाअनुसार कार्यन्वयन गर्न सरकार ढुकुटीमा पैसा नभएको उनीहरुको जिकिर छ ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्