Logo
६ बैशाख २०८१, बिहीबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पति समेत प्रख्यात कमेडियन भारती डेंगूको शिकार

काठमाडौं : कमेडियन भारती सिंह र उनको पति हर्ष लिबाचिया दुवै डेंगूको शिकार भएका छन् । हाल उनीहरु दुवैलार्इ अस्पताल भर्ना गरिएको छ ।

खवर अनुसार भारती र उनका पति हर्षको स्वास्थ्य केहि दिन देखि ठीक नरहेको कारण जचाउँदा डेंगू भएको पत्ता लागेको हो ।डेंगू भएको पत्ता लागेसँगै उनीहरु दुवैलाई डाक्टरले अस्पताल भरना हुन सल्लाह दिएका थिए । हाल उनीहरु  मुम्बईस्थीत कोकिलाबेन अस्पतालमा  भर्ना भएका छन् ।

भारती र उनका श्रीमान दुवै सलमान खानको टेलिभिजन शो बिग बोसमा निम्त्याइनेवाला थिए तर एक हप्तासम्म उनीहरुबाट कुनै प्रतिक्रिया आएको थिएन कारण थियो दुवैको बिग्रँदो स्वास्थ्य अवस्था । हाल उपचार यी जोडीलाई बिग बोसमा हेर्न आतुर दर्शकले चाँडै स्वास्थ्य लाभ भई वाइल्ड कार्ड इन्ट्रि मार्फत कार्यक्रममा बोलाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्