Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय गौरवको परियोजना बूढीगण्डकी लात्तीले हान्ने भकुण्डो होइन् : भट्टराई

गत शुक्रबार बसेको मन्त्रिपरिषदले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय ग¥यो । यसको चौतर्फी बिरोध पनि भइरहेको छ । बुढीगण्डकीलाई नजिकबाट बुझेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि सरकारको निर्णयप्रति दुःखी बनेका छन् । उनले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीलाई ‘लात्तीले हान्ने भकुण्डो’ बनाएको आरोप लगाएका छन् ।

बूढीगण्डकी आयोजना निर्माण क्षेत्रका जनप्रतिनिधिसमेत रहेका भट्टराईले सामाजिक सञ्लाल ट्वीटरमा ट्वीट गर्दै बूढीगण्डकीजस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकारपिच्छे आफ्नो निर्णय गरेर लात्ती हान्ने भकुण्डो बनाएको भन्दै आक्रोष ब्यक्त गरेका छन् । यसअघि विकास समितिमार्फत् बूढीगण्डकी निर्माण गर्ने अवधारणा अघि सारेका भट्टराईले चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सरकारले गरेसँगै त्यसप्रति आपत्ति जनाएका हुन् ।

भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन्, ‘बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ ! देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो ।’

यस्तै उनले ट्वीटरमा ‘राष्ट्रिय गौरवका योजनाहरूलाई यो वा उ वहानामा नबनाउने वा बन्न नदिने प्रवृत्ति राष्ट्रघाती छ । मेरै पालामा राष्ट्रिय गौरवका योजना घोषणा गरिएकामध्ये काठमाण्डौ–तराई फाष्टट्रयाक र निजगढ विमानस्थल संयुक्त रूपमा एक नम्बर महत्वको हो भने वुढीगण्डकी जलाशय परियोजना दोश्रो हो । यिनलाई नबिथलौं !

देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो ।’

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्