Logo
१२ बैशाख २०८१, बुधबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति पुन (फोटो-फिचर)

काठमाडौँ : चीनको ६ दिने औपचारिक भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन स्वदेश फर्केका छन् । उनी सोमबार बिहान एयर चाइनाको विमानबाट त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रेका छन् ।

उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । उनको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे ।

चीन भ्रमणको क्रममा उनीे सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी भएका थिए ।

उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गरेका थिए ।

चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि उनले शिष्टाचार भेट गरेका थिए ।

 

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्