Logo
१५ चैत्र २०८०, बिहीबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले उपचारमा भेदभाव गरेपछि एसिड पिडित सम्झना दासको मृत्यु

एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौटहटकी दिदी बहिनी मध्ये एक जनाको मृत्यु भएको छ । किर्तिपुर अस्पतालमा उपचारकै क्रममा गए राती सम्झना दासको मृत्यु भएको हो । बहिनी सुस्मिता दासको गम्भीर अवस्थामा उपचार अझै जारी रहेको छ ।

केही दिन अगाडि रौतहटको चन्द्रपुर नगरपालिका जादोलाल दासका छोरी १६ वर्षीया सम्झना दास र १३ वर्षीया सुस्मिता दास सुतीरहेको बेला २६ भदौ राती एसिड प्रहार भएको थियो ।

कीर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति ११ बजे मृत्यु भएको हो । सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ ।

सम्झनाका बुबा जादोलाल दास एसिड आक्रमण गर्नेलाई फाँसीको सजाए हुनुपर्नेमाग गरेका छन् । ‘मेरो परिवार तहसनहस पारिदियो उसलाई फाँसीको सजाय हुनुपर्छ । नत्र अपराधीले कसरी थाहा पाउँछ चोट के हो भनेर ।’

एसिड आक्रणमा पर्दा पनि सरकारले केही सहयोग नगरेको बुबा जादोलाल बताउँछन् । पहिला-पहिला यस्तो घटना घट्न नपाउँदै सरकारले सहयोग गर्ने घोषणा गरे पनि अहिलेको घटनामा वास्ता नगरेको उनको गुनासो छ ।

उनले भने ‘कोही पहाडीहरुमाथी यस्तो घट्ना भयो भने सरकार तुरन्त हर्कतमा आउँछन् तर हामि मधेशी भकैकारण सरकारले कुनै चासो लिएन ।’   उनी भन्छन् ‘उनीहरू काठमाडौँका थिए, हामी मधेसका ।

सरकारले हामीलाई नागरिक नै सम्झेन । पहिले घटना हुनासाथ सरकारले सहयोगको घोषणा गरेको थियो । यसपालि भएन । बिरामी लिएर अस्पताल बसेको मान्छे के प्रकिया गर्न सक्थेँ । त्यसमाथि पढाई लेखाई नभएको मान्छे ।’

चार वर्षअघि वसन्तपुरमा भएको चर्चित एसिड काण्डमा सीमा बस्नेत र संगीता मगरलाई सरकारले जीवनभर उपचार शिक्षा निःशुल्क गर्ने घोषणा गरेको थियो । एसिड आक्रमण गर्ने रामबाबु पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ ।

उनी जादोलालका छिमेकी थिए । यौन प्रस्ताव नमान्दा एसिड आक्रमण गरो सम्झनाले बयानमा भनेकी थिइन् ।

त्यस्तै, प्रदेश २ का सांसद उपेन्द्र महतोले पनि  सरकारको बिभेदकारी निती र नस्लिय भेदभावले सम्झनाको ज्यान गएको आरोप लगाएका छन् । उनले आफनो फेसबुकमा लेख्दै सरकारले दिदी बहिनीको उपचारमा सहयोग नगरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री कार्यालयमा पिडीत पक्षले पुगेर घटना सम्बन्धी र सहयोगको लागी पत्र दर्ता गराएको हप्तौं बितिसक्दा पनि संघिय सरकारले कुनै चासो लिएको छैन ।प्रदेश २ को सरकार तर्फबाट शनिवार मात्रा अस्पताल मन्त्री रामनरेश रायले स्वास्थ्य अवस्था बुझी प्रदेश सरकारले हाललाई ५०-५० हज़ार सहयोग प्रदान गरेका थिए ।

त्यससैगरी समाजेवी उज्वल थापालेले पनि त्यस्तै आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन् -‘नेपाल सरकारले असहयोग गरेर जित्यो । ACID आक्रमणमा परेकी रौतहटकि चेली सम्झना दास को हार भयो। अलबिदा सम्झना। तिमिलाई बचाउन सकिएन । तिम्रो आत्मालाई शान्ति मिलोस् ।’

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्