Logo
७ बैशाख २०८१, शुक्रबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजगढ विमानस्थल बनाउन नदिन ठूलै शक्ति सलबलाएको वनमन्त्रीको खुलासा

काठमाडौं :  वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने काम रोक्न ठूलै शक्ति सलबलाई रहेको आरोप लगाएका छन् ।

आइतबार मन्त्रालयले ललितपुरको खुमलटारमा गरेको राष्ट्रिय संरक्षण दिवसको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो आरोप लगाएका हुन् । उनले राजनीतिक आग्रह र स्वार्थ अनुसार तल्लो तहका समूहदेखि ठूलो शक्ति विमानस्थल निर्माणको विरुद्धमा लागेको पनि गुनासो पोखे ।

त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले धान्न नसक्ने अवस्था आएको बताउँदै मन्त्री बस्नेतले अर्को विमानस्थल चाहिएको बताए । उनले न्यूनतम भन्दा न्यूनतम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा मन्त्रालय र सरकारको स्पष्ट दृष्टिकोण रहेको स्पष्ट पार्दै विकासको काममा अवरोध नगर्न आग्रह गरे ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्