Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कार मुद्दामा फेरि बढ्यो सजाय : अब बलात्कारीलाई जन्म कैद

काठमाडौं : बलात्कारमा संलग्न दोषीमाथि हुने सजाय बढेको छ । भदौ १ गतेदेखि लागू भएको संहितामा बलात्कारका दोषीमाथि हुने सजाय कडा बनाइ पनि पछिल्लो समय बढेका घटनाका कारण सजाय फेरि बढाइएको समितिका एक सदस्यले जानकारी दिए । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’माथि परिमार्जन गर्दै बलात्कारीमाथि हुने सजाय बढाएको हो ।

बलात्कारमा संलग्नलाई संविधान नै संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने आवाज उठिरेहका बेला मुलुकी अपराध संहितामा भएको उल्लेख सजायलाई वृद्धि गरिएको छ । संहितामा दश वर्षभन्दा कम उमेरकी बालिका बलात्कारमा सहभागीलाई १६ देखि २० वर्षसम्म कैद हुने सजायलाई वृद्धि गरी जन्म कैद अर्थात् २५ वर्ष पु¥याइएको छ ।

संहिताको दफा २१९ (३) (क) मा भएको दश वर्षभन्दा कम उमेरकी बालिकासहित पूर्ण अशक्त, अपांगता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिलामाथि हुने बलात्कारको सजाय पनि २५ वर्ष नै कायम गरिएको विधान व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै दश वर्षभन्दा बढी र चौध वर्षभन्दा कम उमेरकी बालिका बलात्कार गर्दा हुने सजाय पनि वृद्धि गरिएको छ । संहितामा व्यवस्था गरिएको चौध वर्षदेखि सोह्र वर्षसम्म भन्ने प्रावधानलाई अठारदेखि बीस वर्ष पु¥याइएको छ । समितिले पूर्ण रुपमा अशक्त अपांगता भएकी महिलालाई सामूहिक रुपमा जबरजस्ती करणी भएमा पनि २५ वर्ष नै कैद सजाय हुने प्रस्ताव गरेको छ ।

६ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपांगता वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा पनि जन्म कैद नै हुनेछ । राष्ट्रियसभाले आइतबार पारित गरेको संशोधन विधेयक मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्