Logo
७ बैशाख २०८१, शुक्रबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ भाडादर सार्वजनिक : न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम (सूचीसहित)

काठमाडौं :  सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले अाइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएकाे छ । न्यूनतम चार किलोमिटरभित्र न्युनतम् १४ रुपैयाँ कायम गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । ५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ८ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २७ रुपैयाँसम्म तिर्नुपर्ने पर्ने भएको छ ।यस्तै डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ भाडादर हेर्नुस् तलकाे सूचीमाः

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्