Logo
१२ बैशाख २०८१, बुधबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलुको बोराभित्र लुकाएर ल्याउदै गरेको १ करोड १४ लाख सहित एक युवक पक्राउ

काठमाडौँ : कैलालीमा ठूलो परिणाममा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। भजनी नगरपालिका ३ कुशुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ (१ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ ) सहित लम्कीचुहा नगरपालिका १ का ३१ वर्षका कृष्ण जोशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले जानकारी दिए।

उनले मोटरसाइकलमा लैजादै गरेको अवस्थामा एक सय, पाँच सय र दुई हजार दरका उक्त नोटहरु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । उक्त रकम भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ ।

आलुको बोराभित्र लुकाएर ल्याउदै गर्दा उक्त रकम शसस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । प्रहरीले उनको साथबाट से ४ प ६७६० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्