Logo
१२ बैशाख २०८१, बुधबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सन्जिब पुडासैनीको ‘किन तिमि आज’ को भिडियो सार्बजनिक (भिडियो)

काठमाडौँ : गायक सन्जिब पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमि आज’ को भिडियो सार्बजनिक गरिएको छ ।

अहिलेको चर्चामा रहेको वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश उक्त गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो उक्त गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको थियो यस गीतमा थुप्रैले म्युजिकल्ली पनि गरेका थिए ।

गीतमा गायक सन्जिब पुडासैनीको शब्द रचना र संगीत रहेको छ भने गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन् । काठमाडौँको ठमेल र ठमेल वरिपरि छायांकन गरि तयार गरेको यस गीतको भिडियोमा गायक सन्जिब पुडासैनी पनि फिचरमा छन् भने साथमा मोडल गरिमा श्रेष्ठ पनि भिडियोमा देख्न सकिन्छ ।

मिलन शंकरले खिचेको यस गीतको भिडियोलाई गायक सन्जिबले डेब्यु निर्देशन गरि तयार गरेका हुन् भने भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाइ एसिएन म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्