Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सफारी चलाएर पढाईखर्च जुटाउँदै आएकी रितालाई नगद सहयोग सहित सम्मान

बेलबारी : सफारी चलाएर घरखर्च र पढाईखर्च जुटाउँदै आएकी बेलबारी ११ लक्ष्मीमार्गकी १४ बर्षिया बालिका रिता कार्कीलाई बेलबारी नगरपालिकाले आईतबार १० हजार नगद सहयोग सहित सम्मान गरेको छ । उनले सफारी चलाएर धरखर्च र पढाई खर्च जुटाउँदै आएको समाचार बिभिन्न मिडियामा सार्बजनिक भएपछि बालअधिकारको समेत हनन भएको भन्दै बेलबारी नगरपालिका र बिभिन्न संघसंस्थाले चासो राखेका थिए । पढाई खर्चका लागी तत्काल नगरपालिकाले १० हजार रकम दिएपछि सफारी समेत बिक्रि गरिएको छ ।

बेलबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य यशोदा अधिकारी,उपमेयर ढाकाकुमारी पराजुली,बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले उनलाई खादा र नगद सहित सम्मान गरेका थिए ।कार्यक्रममा रिताकी आमा जुना बेस्सरी भक्कानिईन,उनले भनिन अब फेरी मेरी सानी छोरीले सफारीको ह्याण्डील समाउनु नपरोस । रिताले सफारी चलाएर घरखर्च जुटाउँदै पढाईखर्च जुटाएको समाचार केहीदिनअघि मिडियामा भाईरल भएपछि आफुहरुको समेत ध्यान त्यसतर्फ गएको र सहयोग गरेर उनलाई बिद्यालय पठाउने बाताबरण बनाएको उपमेयर पराजुलीले बताईन ।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यायनरत १४ वर्षिय रिता विद्यालयवाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्याण्डील सामाउँथिन । विद्यालय जानुअघीको समयमा पनि उनी सिटी रिक्साको ह्याण्डीलमै हुन्थिन । ५ महिनादेखि रिताको दैनिकी यसरी नै वितिरहेको थियो । उनले सिटी रिक्साको ह्याण्डील नसमाउँदा चार जनाको परिवारको हात मुख जोडन समस्या थियो उनकै परिश्रमले आफु सहित एक वहिनी र एक भाई विद्यालयमा अध्यायन गरिरहेका थिए । १० धुर जमिनमा वनाएको कच्ची घरमा रितासँगै आमा जुना, वहिनी नितु र भाई मदन वस्छन ।

उनीहरु सोही विद्यालयको क्रमश कक्षा ७ र २ मा अध्ययनरत छन । वावु दुर्गावहादुर परिवारको सम्पर्कमा छैनन् । पहिला राजमिस्त्रीको काम गर्ने उनी पछिल्लो समय सिटी रिक्सा कुदाएर परिवारको गुजारा चलाउदै आएका थिए । तर उनले दुवै काम छाडेर परिवार छाडेर अन्यत्र वस्न थालेपछि १४ वर्षिय रिता परिवारको भरोसा बनेकी थिईन । चारकोसे जङगलवाट दिनहुँ निगुरो टिपेर विक्री गर्दै आएकी रिताकी आमा जुनाले पति सधै वरालीएर हिडेपछि उनलाई लाइनमा ल्याउन माइतीले दिएको १० धुर जमिन विक्री गरेर २ लाख ५० हजारमा सिटी रिक्सा खरिद गरेर चलाउन आग्रह गरिन ।

केही समय उनले सिटी चलाए र वीचमै छाडेर सम्पर्कमा आउनै छाडेपछि सिटी घरमा थन्कियो । सिटी थन्किएसँगै परिवारको गुजरापनि संकटमा प¥यो । घरको अवस्था हेरेर रिता आफैले सिटी चलाउन थोकी थिईन ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्