Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकप्रिय गायक राम चन्द्र काफ्लेको ‘बिदेशीए रमाई रमाई’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : लोकप्रिय गायक राम चन्द्र काफ्लेको नयाँ गीत ‘बिदेशीए रमाई रमाई ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतलाई गायक रामचन्द्र काफ्लेले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । एउटा समाज र परिवारमा घटेको कथा र व्यथालाई एउटा कलात्मकरूपले आफ्नो शुभचिन्तक अनि सम्पूर्ण संगीत प्रेमी देखि लिएर सम्पूर्ण समाजलाई प्रस्तुत गरि भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा एउटा गरिबी मानबिय वास्तविक जीवनलाई चित्रण गरिएको छ जहाँ पैसा कमाउन हिँडेको श्रीमानलाई छलेर, उसको दुख र मेहनत अनि विश्वासलाई तोडेर आफू खुशी हुने र रमाउने, यी प्राय घटिरहने सामाजिक र पारिवारिक घटनालाई भिडियोमा देखाइएको छ । यस गीतमा एउटा गरिबी मानविय संबेदनालाई वास्तविक रुपमा चित्रण गर्ने कोशिस गरिएको छ ।

गीतमा रामचन्द्र काफ्ले स्वर छ भने शब्द दिनेश सुबेदीको रहेको छ र संगीत भने बाबुल गिरिले भरेका हुन् । गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियोमा निर्देशक सशान कंडेलले निर्देशन गरेका छन ।

भिडियोमा सम्पदा बानिया र विजय बरालले अभिनय गरेका छन् । भिडियोलाई अर्जुन तिवारी खिचेका हुन् भने यसलाई सम्पादन निशान घिमिरेले गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्