Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा

एजेन्सी : रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनालाईपछि पार्दै शनिबार राति भएको खेलमा स्पानियोललाई १–० गोलले पराजित गरेसँगै रियल बार्सिलोनालाई अंक तालिकामा उछिनेको हो ।

रियलको जीतमा मार्को एसेन्सियो नायक बने । पहिलो हाफमा १–० गोललेपछि परेको स्पानियोलले दोस्रो हाफमा रियललाई रोकेपनि गोल गर्न भने सकेन । रियलले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दोस्रो हाफमा गोल गर्ने अवसर गुमाउँदै १–० गोलको कठिन जीत निकालेको हो । रियलले आफ्नै घरेलु मैदानमा भएको खेलमा स्पानियोलमाथि कठिन जीत हात पारेको हो ।

खेलको ४१औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । अंक तालिकामा रियलको ५ खेलबाट १३ अंक छ । यता, एक खेल कम खेलेको बार्सिलोनाको भने १२ अंक रहेको छ । पराजित स्पानियोलको भने ५ खेलबाट ७ अंक बटुल्दै अंक तालिकाको छैटौ स्थानमा छ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्