Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवसायीको माग अनुसार बढेको गाडी भाडा आजदेखि लागु, दसैँको अग्रिम टिकट बुकिङ्ग अन्यौल

काठमाडौँ : व्यवसायीको माग अनुसार बढेको गाडी भाडा आजदेखि लागु भएको छ । तर माग अनुसार भाडा बढाए पनि दसैँका लागि अग्रिम टिकट बुकिङ्ग खुलाउने बारेको अन्यौल कायमै रहेको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले यसबारे विभागको पत्र पाएपछि सोमबार बैठक बसेर मात्रै टिकट बुकिङ्गबारे औपचारिक निर्णय गर्ने भएको छ । उनीहरुका अनुसार इन्धनसंगै, लुब्रिकेण्ट्समा बढेको भाउ, गाडीमा बढेको कर लगायत जोडेर नयाँ भाडादर निर्धारण गरिनेछ ।

सिण्डिकेट हटाएको र सबै यातायात समिति खारेज गरेको दावी गर्ने सरकारले यातायात व्यवसायी राष्ट्रिय महासंघसंग वार्ता गरी भाडा बढाउने सहमति दिएको हो ।

भाडा बढाउन नपाए दसैँका लागि अग्रिम टिकट बुकिङ्ग नखोल्ने बताएका यातायात व्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छटपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको छ ।

यसका लागि शनिबार नै ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले दुई महिनामा नयाँ भाडादर सिफारिस गर्नेछ ।

शनिबार बढेको भाडा इन्धनमा भएको मूल्यबृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात ब्यवसायीको दाबी छ ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्