Logo
८ बैशाख २०८१, शनिबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप

काठमाडौं : अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । उक्त यौनदुव्र्यवहारको घट्ना बाहिर ल्याउन लागेको भन्दै उल्टै पीडक कार्कीले आफूमाथि योजनाबद्ध रुपमा भौतिक आक्रमण गरेको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छिन् । उक्त संस्थाकी सल्लाहकार कार्कीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाईन् । संस्थाकी सल्लाहकार कार्कीले संस्थाका जिम्मेवार व्यक्तिबाटै महिला सहकर्मीमाथि यस्तो यौन दुव्र्यवहार हुनु दुःखद् भएको भन्दै पीडकलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरेकी छिन् ।

रमा कार्की

उनले भनिन्,‘आफ्नै संस्थामा कार्यरत महिला सहकर्मीमाथि एउटा जिम्मेवार व्यक्तिबाट यस्तो नीच कार्य हुनु अत्यन्तै निन्दनीय छ । नीज कार्कीलाई सरकारले कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ ।’ महिला भएकै कारण आफू कार्यरत कार्यालयका पुरुष मित्रले यस्तो अमानवीय र महिलामाथि यौनजन्य हिंसा गर्नु महाअपराध भएकोले यो घट्नाको जति नै भत्र्सना गरेपनि कम हुने उनको भनाई छ ।

फाउण्डेशनले विगत ५ वर्षदेखि विभिन्न मानसिक आघात र परिस्थितिमा रहेका विरामीहरुलाई आवासीय सुविधासहितको उपचार प्रदान गर्दै आईरहेको जनाउँदै उनले यो पछिल्लो घट्नाले आफ्ना महिला विरामीहरुको सुरक्षामाथिपनि थप प्रश्नचिन्ह खडा गरिदिएको गुनासो पोखिन् । उनले भनिन्,‘संस्थाले पछिल्लो ५ वर्षमा धेरै राम्रो सेवा प्रदान गर्दै आईरहेको कुरा सबैलाई थाहा नै छ । तर, संस्थामा आवद्ध अमृत कार्कीजस्ता मानवता नै नभएका व्यक्तिका कारण अहिले संस्था विवादमा तानियो । यो पनि दुःखद् कुरा हो । यस्ता व्यक्तिलाई संस्थाले चाँडोभन्दा चाँडो कारबाही गर्नुपर्छ ।

पीडितले किटानी उजुरी नै दिईसक्नुभएको छ । यस्तो अवस्थामा घट्नाको सत्यतथ्य पत्ता लगाई प्रहरी प्रशासनले दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ । म यही मञ्चबाट पीडितलाई न्याय दिलाउन नेपाल सरकारसमक्ष हार्दिक आग्रह गर्दछु ।’ हाल संस्थामा ३५ भन्दा बढि महिला विरामीहरुले आवासीय सेवा लिईरहेको उनले जानकारी दिईन् । आफूले यो विषयमा गम्भिर आपत्ति जनाउँदै संस्थाका पदाधिकारीहरुसँग छलफल गरेको र दोषीलाइ कडाभन्दा कडा कारबाहीको माग गर्दा स्वयम पीडक कार्कीले उल्टै आफूमाथि भौतिक आक्रमण गरेको पनि कार्कीले जानकारी दिईन् ।

उनले भनिन्,‘हिजोमात्रै नीज पीडक कार्कीले ममाथि भौतिक आक्रमण गर्न लगायो । उसले भाडामा गुण्डाहरु खटाएर ममाथि आक्रमण गराएपद्धि मैले गौशला प्रहरीमा यसबारेमा उजुरीसमेत दिईसकेकी छु ।’ त्यस्तै कार्यक्रममा पीडित सिता (नाम परिवर्तन) ले आफूमाथि यौनहिंसा भएकोले नीज पीडक कार्कीलाई चाँडोभन्दा चाँडो कडा कानुनी कारबाही गर्न सरकारसँग अपिल गरेकी छिन् । उनले भनिन्,‘म त प्रतिनिधि पात्र मात्रै हुँ । मजस्ता अन्य महिला साथीहरु पनि संस्थामा आवद्ध कार्कीजस्ता खराब नियतका व्यक्तिहरुबाट यौन हिंसाको शिकार हुनुभएको छ । मैले त साहस गरेर यो कुरा मिडियासामू ल्याएकी छु । अब अरु पीडितले पनि आफ्ना कुराहरु बाहिर ल्याउन डराउनुहुँदैन् ।’

उनले हिंसा सहनुपनि अपराध भएको भन्दै आफूमाथि भएको यस्तो यौनजन्य हिंसा रोक्नको लागि पीडितहरु बाहिर आउनुपर्ने समेत धारणा राखिन् । उनले आफूमाथि हिंसा गरेको भोलिपल्टै त्यही पीडक कार्कीले जागिरबाट निकालिदिएकोपनि सुनाईन् । उनले भनिन्,‘मलाई जागिरबाट निकाल्नु समस्या होईन, तर दोषी नीज कार्कीलाई प्रहरीले समात्नुपर्यो । उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’ घट्ना ढाकछोप गर्न पीडक कार्कीले एकजना मध्यस्थकर्ता खटाएर आफूलाई ८ लाख दिने समेतको प्रस्ताव राखेको उनले सुनाईन् ।

सल्लाहकार रमा कार्कीद्वारा जारी प्रेस विज्ञप्तीको पूर्णपाठ

म अमृता फाउण्डेश नेपाल नामक गैर–सरकारी संस्थाको संस्थापक सल्लाहकारको हैसियतले मिडियाका साथीहरु र अग्रजहरुसँग सहयोग र आशाको अपिल गर्दछु । अमृता फाउण्डेशन नेपाल संस्था मानसिक क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले २०१२ डिसेम्बर ३ मा स्थापना भएको हो । र यो संस्थाको संस्थापक अध्यक्ष नेपालकी प्रथम ह्विलचियर मोडल शुश्री अमृता ज्ञवाली हुनुहुन्छ ।

संस्थाले स्थापना कालदेखि आवासीय सेवा प्रदान गरी न्यून शुल्कमा विशेषज्ञ सेवा प्रदान गरी अगाडि बढ्दै आएको थियो र संस्थाको कामलाई धेरै साथीहरु र विरामीका अभिभावकहरुले मनपनि पराईदिनुभएको थियो । सुरुमा ३० आवासीय सुविधाको काम थालनी भएपनि २०१८ मा आएर थप आवासीय सेवा विस्तार भएर हाल लगभग १०० जना विरामीहरुले सेवा लिइरहेको म यसै विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छु । संस्थामा काम गर्ने सबैजनाको काम अतिनै गाह्रो जिम्मेवारी हो । तथापी, यो जिम्मेवारीलाई सबैले आ–आफ्नो तरिकाले बहन गर्दै आउनुभएको छ ।

घट्नाक्रमले एउटा अर्कै मोड जब लियो हाल कार्यरत म्यानेजर अमृत कार्कीको सहपाठी संस्थामा प्रवेश गरी महिला बिरामीसँग नजीक भई थेरापीको नाममा अनैतिक यौन प्रस्ताव राख्यो । संस्थाको कुनैपनि यस्ता घट्नालाई स्थापना कालदेखिनै म स्वयंले महिला मनोविदको हिसाबले घट्नाक्रमको विवरण मैले नै तयार पारें र सो घट्ना सही निक्लियो । त्यसपछि म स्वयंले म्यानेजर कार्कीलाई बोलाएर संस्थाभित्र बिरामीसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरुबाहेक अरुको प्रवेशमाथि प्रतिबन्ध लगाउन आग्रह गरे तथापि संस्थामा उसका अन्य साथीहरुको प्रवेश पनि झाँगिदै गयो । त्यसपछि मलाई मनमा चिसो पसेपछि अमृताजीलाई फोन गरी संस्थाको गतिविधिबारेमा अवगत गराएँ ।

उहाँ अहिले अमेरिकामा आवासीय कार्यक्रममा भएकोले यो कार्यपनि मलाई नै सुम्पन्नु भयो र फर्केर आएपछि केही सल्लाह गर्ने वाचा दिनुभयो । त्यसपछि घट्नाक्रमले झनै विग्रह रुप तब लियो, जब म्यानेजर कार्कीले श्रावण २९ गते मेरो महिला कर्मचारीलाई बिरामी लिन जाने बहानामा नगरकोटस्थित् बास्तोला गाउँमा यौनदुव्र्यवहार गर्न खोज्नुभयो तर मेरो कर्मचारीको बलियो आँटे त्यो सफल हुन सकेन । यो घट्नालाई पिडितले संस्थाको वर्तमान अध्यक्षजीलाई ठाडो निवेदन दिँदा र अध्यक्ष स्वयंले म्यानेजरलाई कमिटीको फोनमा आउन आग्रह गर्दा पनि म्यानेजरले कुनै वास्ता गरेनन् र उनको साथीको प्रवेशपनि रोकिएको अवस्था रहेन ।

अन्ततः पीडित बहिनीले ठाडो निवेदन भक्तपुर जिल्ला अदालत, महिला आयोग, प्रहरी प्रशासन, वडा र सबै सरोकारवाला निकाय तथा सहयोगी हातहरुसँग आफैँले गरिन् र नीज कार्कीको नाममा भक्तपुर जिल्ला अदालतले पत्र भदौ २५ गते काटिसकेको छ । सबै कुरा कानुनसँगनै अगाडी बढिरहेको अवस्थामा हिजो संस्थाको विशेष छलफलको लागि संस्थाका संरक्षकले मलाई संस्थामा डाकी संस्थाभित्र प्रवेश गर्न खोज्दा नीज कार्कीको निर्देशनमा संस्थाका सबै कर्मचारीहरुले ममाथि नै मौखिक र भौतिक आक्रमण गरेपछि मैले गौशाला प्रहरी, वडाका सदस्यहरु र स्थानीय बासिन्दाको सहयोगमा मेरो ज्यान जोगाउन सफल भएँ ।

हिजोको घट्नाक्रमले र अस्ति भर्खरै नयाँ कार्य समितिको बैठकमा फेरी मुद्दामा मिचिएिको कार्की र उसको साथीको पुनः प्रवेशले मलाई एकदमै विक्षप्त बनाएको छ । त्यसैले यो घट्नालाई थप उजागरण गर्न मैले मिडियाको ठूलो आशा गरी अपस्थित भएकी छु ।

रमा कार्की, सल्लाहकार
मोवाईल नम्बर : ९८४१२४२५३२

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्