Logo
११ बैशाख २०८१, मंगलबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालले मृत घोषणा गरिएका बालक जिवितै भेटिएपछि राजविराजमा तनाव

राजविराज : शुक्रबार राति अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले शनिबार बिहान ‘शव’ हेर्न दिनुपर्ने माग गरे पनि अस्पतालले हेर्न दिएको थिएन ।

रुपनी गाउँपालिका-६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोके पछि शुक्रबार साँझ अस्पताल लगिएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेर शव गृहमा राखेका थिए । आक्रोशित आफन्तहरुले दिउँसो १:३० बजेतिर अस्पतालको शव गृह तोडेर हेर्दा बच्चा जिवितै फेला पारेपछि स्थिति तनावग्रस्त बनेकाे हाे ।

अहिले बालकलाई उपचारका लागि सिराहाको चोहरवास्थित सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको छ । आफन्तहरुले संलग्न चिकित्सकलाई कारवाही माग गर्दै शव गृह र आकस्मिक कक्षमा तोडफोड गरेका छन् । सयौंको संख्यामा आफन्त र स्थानीयले अस्पताल घेराउ गरेका छन् ।

घटना थप चर्केपछि प्रहरीले यतिबेला अस्पताललाई आफनो नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्