Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको मेरील्याण्डमा अन्धाधुन्ध गोली प्रहार, नेपाली महिलासहित तीनजनाको मृत्यु

अमेरिकाको मेरील्याण्डमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा एक नेपाली महिलासहित तीनजनाको ज्यान गएको छ । २६ वर्षकी स्नोचिया मोसलीले स्थानीय समय अनुसार बिहीबार गोली चलाउँदा तीनजनाको ज्यान गएको र अरु तीनजना घाइते भएको अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाएको छ ।

घटनामा अरु तीनजना घाइते भएका छन् । गोली लागेर मेरील्याण्ड बस्दै आएकी पर्वतकी ४१ वर्षीया बृन्दा गिरीको ज्यान गएको हो । राइट एड डिस्ट्रिब्युसनमा कार्यरत बृन्दासहित तीनजनाको ज्यान गएको हो । गोली चलाउने मोसलीले पनि त्यहाँ दुई हप्ता भन्दा कम समयदेखि काम गर्दै आएकी थिइन् र उनी स्वास्थ्य सामग्र बिक्रेता कम्पनीसँग रुष्ठ रहेको सिएनएनले उल्लेख गरेको छ ।

मोसलीले अरुलाई गोली हानेपछि आफूलाई पनि गोली प्रहार गरेकी थिइन् । तर अन्धाधुन्ध गोली चलाउनुको खास कारण भने अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्