Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हजारौं जनसुदायबीच खुर्शिदको शवलाई भुटाहामा अन्तिम संस्कार

प्रदेश एक स्थित सुनसरीको रामनगर भुटाहामा भारतीय हतियारधारी समुहबाट मारिएका खुर्शिद आलम अन्सारीको शवलाई शनिवार अन्तिम संस्कार गरिएको छ ।

सरकारले मृतक अन्सारीलाई शहिद घोषणा गर्दै उनका परिवारलाई रु. १० लाख क्षतिपुर्ती समेत दिने निर्णय समेत गरेको छ । शनिवार हजारौं जनसमुदायबीच उनको मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । सरकारले खुर्शिदलाई शहिद समेत घोषणा गरेकोले उनको अन्तिम संस्कारका बेला नेपाली सेना र नेपाल प्रहरीले सलामी समेत दिएको छ ।

हरिनगर गाँउपालिका अन्तरगत पर्ने रामनगर भुटाहाका अन्सरीको बिहिबार भुटाहा बजारमा उनले संचालन गर्ने बिद्यालय अगाडी नै बिच रोडमा गोली हानी हत्या गरिएको थियो । ४ जनाको समुहमा भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर आएका ४ जना हत्यारधारीहरुको एक समुहले गोली हानी उनको हत्या गरेर फेरि भारत तर्फ भागेका थिए ।

तिन गोली लागेका खुर्शिदको घटना स्थलमै मृत्यु भएको थियो । तर उनका परिवार आफन्त तथा स्थानियले उनको हत्या छानविन, क्षतिपुर्ती र शहिद घोषणा हुनुपर्ने भन्दै उनको शव उठ्न दिइएको थिएन । तर काठमाण्डौ स्थित गृह मन्त्रालय र सुनसरी स्थित शुक्रवार दिनभरी चलेको वार्तापछि साँझ सहमती भएको थियो ।

सहमती भएपछि शवलाई पोष्टमार्टमका लागि शुक्रवार साँझ नै धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । पोष्टमार्टमपछि खुर्शिदको शवलाई शनिवार बिहान भुटाहा स्थित अन्तिम संस्कार गरिएको हो ।

केहि मिडिया खुर्शिदको आपराधाधिक गतिबिधिमा संगलग्नता र भारतीय आंतकवादी संगठनका फरार अभियुक्तहरुलाई नेपाली नागरिक्ता र पार्सपोर्ट बनाएर उनीहरुलाई नेपालबाट भगाइएको आरोप समेत रहेको समाचार प्रकाशमा आएको थियो । तर सरकारले उनलाई शहिद नै घोषणा गरिसकेपछि ति समाचारहरु अफुवाह मात्र रहेको पुष्टि भएको हनिगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्