Logo
११ बैशाख २०८१, मंगलबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हजारौँ ट्वीटर प्रयोगकर्ताको डाइरेक्ट म्यासेज तेस्रो पक्षमा चुहावट

निकै संवेदनशिल तथा सभ्य समाजिक संजालको रुपमा स्थापित ट्वीटरको हजारौँ प्रयोगकर्ताको डाइरेक्ट म्यासेज तेस्रो पक्षमा चुहावट भएको छ ।  आफ्ना हजारौँ प्रयोगकर्ताको व्यक्तिगत सन्देशहरु चुहावत भएको हुन सक्ने ट्वीटरले जनाएको छ । पछिल्लो एक वर्ष भन्दा बढी समयदेखि बगका कारण केही प्रयोग कर्ताको डाइरेक्ट म्यासेज तेस्रो पक्षमा चुहावट भएको ट्वीटरले जनाएको हो ।

प्रयोगकर्ताले ट्वीटर मार्फत ग्राहक सेवा प्रदान गर्ने व्यवसायिक फर्मसँग गरेको डाइरेक्ट म्यासेज चुहावट भएको जनाइएको छ । यसरी म्यासेज चुहावट गर्ने बग अहिले भने व्यवस्थापन भइसकेको छ । सन् २०१७ को मे देखि यो समस्या देखिएको थियो । अहिले भने समस्या समाधान भएको ट्वीटरले जनाएको छ ।

एक प्रतिशत भन्दा कम प्रयोगकर्ता यो समस्याबाट प्रभावित भएको हुन सक्ने ट्वीटरले जनाएको छ तर उसले प्रभावित प्रयोगकर्ताको संख्या भने खुलाएको छैन ।

ट्वीटरले पछिल्लो पटक गएको जुलाईमा सार्वजनिक गरेको तथ्यांक अनुसार उसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३३५ मिलियन रहेको छ । व्यक्तिबाट व्यक्तिमा हुने नभई व्यक्तिले कम्पनीसँग गर्ने डाइरेक्ट म्यासेज प्रभावित भएका हुन् ।

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्