Logo
११ बैशाख २०८१, मंगलबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा विषाक्त रक्सीबाट मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो

मलेसिया

विषाक्त मदिरा सेवनबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी छन् । रानाको सुगाईवुला र ठकुरीको सेरेम्वान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अवैधानिक अवस्थामा रहेका ठकुरीले अस्पतालमा उपचार गराउँदा सुवास भण्डारीको परिचय दिएका भए पनि उनको खास नाम शंकर ठकुरी रहेको उनका एक आफन्तले अनलाइनखबरलाई बताए ।

दूतावासका अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ मध्ये चार जनाको अवस्था अझै पनि गम्भीर छ । भने सात जनाको स्वास्थमा भने सुधार भएको छ ।

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्